खेल

सोमपाल नायक बनेपछि

सोमपाल नायक बनेपछि

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा धनगढी टिम चौराहाले सीवाईसी अत्तरीयालाई ३ विकेटले हराएर पहिलो जित निकालेको छ ।

 

कप्तान सोमपाल कामीको विस्फोटक ब्याटिङले धनगढीको जित सम्भव बन्यो । खेलमा उनले एक विकेट पनि लिए ।

 

धनगढीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अत्तरयाले निर्धारित २० ओभरमा ८ विकेट जाादा १ सय ५० रन बनाएको थियो ।

 

१५१ रनको लक्ष्य धनगढीले १९.२ ओभर ७ विकेट जाादा पूरा गर्‍यो । धनगढीका लागि युएईका रोहन मुस्तफाले ४२ बलमा ४० रन, युएईकै अस्फाक अहमदले १०, राजेश पुलामीले २१, सोमपाल कामीले अविजित ३९ रन बनाए ।

 

१५ बल खेलेका उनले ३ चौका र ३ छक्का हाने ।

 

अत्तरीयाका सुवांकर उराव र दिपेन्द्र सिंह ऐरीले दुई/दुई साथै बिनोद लामा र भिपिन चन्द्राले एक/एक विकेट लिए ।

 

यसअघि पहिले ब्याटिङ गरेको अत्तरीयाका प्रेम तामाङले २८ रन, दिपेन्द्र सिंह ऐरीले १९, भिपिन चन्द्राले २८ साथै कुशल भुर्तेलले २५ रन बनाएका थिए । धनगढीका ललित भण्डारीले तीन, रोहन मुस्तफाले दुई साथै समसद शेख र सोमपाल कामील एक/एक विकेट लिएका थिए ।

 

आफ्नो पहिलो खेलमा धनगढी काठमाडौं गोल्डेन्ससाग ७ विकेटले पराजित भएको थियो । अत्तरीयाले पहिलो खेलमा रुपेन्देही च्यालेन्जर्सलाई ९ विकेटले हराएको थियो ।

धनगढी प्रिमियर लिग सोमपाल कामी

विशेष