अपराध सुरक्षा मुख्य समाचार

३३ किलाे सुन प्रकरणमा डीएसपी प्रजित केसी पनि पक्राउ

३३ किलाे सुन प्रकरणमा डीएसपी प्रजित केसी पनि पक्राउ

काठमाडौं । ३३ किलाे अवैध सुन वेपत्ता र सनम शाक्य हत्या प्रकरणमा डीएसपी प्रजित केसी पनि पक्राउ परेका छन्। 

 

मोरङ जिल्ला प्रहरीले केसीलाई नियन्त्रणमा लिई म्याद थपेर अनुसन्धान सुरु गरिसकेको छ। घटनाको छानबिन गर्न बनाएको छानबिन समितीले अन्तिम समयमा केसीलाई पनि पक्राउ गरी मुद्धा चलाउन सिफारिस गरेको थियो।

 

छानबिन समितीले करिब एक महिनाको लगातार बयानपछि केसीलाई पक्राउ गर्न निर्देशन दिएको हो । सुन प्रकरणमा पुर्व डीआईजी गोविन्द निरौलासहित बहालवाला एसपी विकाशराज खनाल, डीएसपी सन्जय राउत र सई बालकृष्ण सन्जेल पक्राउ परिसकेका छन्। 

 

कर्तव्य ज्यान र स‌ंगठित अपराधमा मुद्धा चलाएको मोरङ जिल्ला प्रहरीले केही दिनभित्र सरकारी वकिललाई मिसिल बुझाउँदै छ।

पक्राउ ३३ किलाे सुन प्रकरण डीएसपी प्रजित केसी

विशेष