राष्ट्रपति भण्डारीद्वारा संघीय संसद् बैठक आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गरेकी छन् । संसद अधिवेशन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आहृवान गर्ने प्रचलन छ ।
संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।