मनोरञ्जन

​अमिताभ बच्चनको डी.लिट. उपाधि ‘१०२ नटआउट’ले चैट

​अमिताभ बच्चनको डी.लिट. उपाधि ‘१०२ नटआउट’ले चैट

काठमाडाैं । भारतीय अभिनेता अमिताभ बच्चनकाे आउँदै गरेको चलचित्र १०२ नटआउटका कारण डी.लिट डिग्री पाउनबाट वञ्चित भएका छन् ।

 

अमिताभलाई पहिले घोषणा गरे पनि पश्चिम बंगालको एउटा विश्वविद्यालयले उपाधि नदिने निर्णय गरेको छ । अमिताभ बच्चनले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विश्वभरका विभिन्न विश्वविद्यालयले मानार्थ उपाधि दिइरहेका छन् ।

 

यसै क्रममा पश्चिम बंगालको एउटा विश्वविद्यालयले अमिताभलाई डी.लिटको उपाधि दिने घोषणा गरेको थियो । तर पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठीले बिग बी उपाधि ग्रहण गर्न विश्वविद्यालयमा उपस्थित हुन नसक्ने बताइपछि उनको नाम सूचीबाट हटाउन निर्देशन दिएका छन् ।

 

अमिताभ बच्चन आफ्नो आउँदै गरेको १०२ नटआउट चलचित्रको प्रमोशनका लागि व्यस्त भएकाले कार्यक्रममा सहभागी हुन नसकेको बुझिएकाे छ । अमिताभ बच्चन अभिनित चलचित्र १०२ नटआउट मे ४ मा सार्वजनिक हुँदैछ ।

 

उमेश शुक्लाले निर्देशित गरेको यस चलचित्रमा १०२ वर्षका एक बाबु र ७० वर्षका छोराको कथा समेटिएको छ । चलचित्रमा ऋषि कपूर अमिताभको छोराको भूमिकामा देखिएका छन् । 

अमिताभ बच्चन

विशेष