खेल

बार्सिलोनालार्इ ला लिगा फुटबलकाे २५ औँ उपाधि

बार्सिलोनालार्इ ला लिगा फुटबलकाे २५ औँ उपाधि

काठमाडाैं । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहानीपख भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

 

बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ३ तथा फिलिप कोटिन्होले १ गोल गरे । खेलको सातौं मिनेटमा फिलिप कौटिन्होको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २–० मा लम्ब्यायो ।

 

४० औं मिनेटमा लुकास पेरेजले गोल गरेपछि डिपोर्टिभोले पहिलो हाफ अघि बार्साको अग्रता २–१ मा छोट्याएको थियो । ६४ औं मिनेटमा इम्रे कोलाकले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

 

८२औं मिनेटमा मेस्सीले दोस्रो  गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मेस्सीले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले ४–२ को जित हात पार्‍यो । 


 
यससँगै बार्सिलोनाले २५ औँ पटक ला लिगा च्याम्पियन भएको हो । अहिलेसम्म सबैभन्दा धेरै रियल मड्रिडले ३३ पटक ला लिगा च्याम्पियन भएको छ । 

 

ला लिगा बार्सिलोना उपाधि जिते

विशेष