अपराध सुरक्षा मुख्य समाचार

सुन काण्डबारे बयानका लागि एसएसपी दिवेश लोहनीलाई पत्र

सुन काण्डबारे बयानका लागि एसएसपी दिवेश लोहनीलाई पत्र

साढे ३३ किलो सुन काण्डमा बयानको लागि छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई पत्र काटेको छ।

 

घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको छ। एसएसपी लोहनी बुधबार बिहान विराटनगर जादैछन्।

 

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितले ३३ केजी सुन प्रकरणमा ६ जना प्रहरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

 

माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ। प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको अनुसन्धान अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ।

 

महाशाखाबाट विराटनगर पुगेको टोलीले धरान पुगेर स्कारपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गरेको थियो । तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद रुपमा हेरिएको छ ।

 

मुख्य तस्कर ‘गोरे’ भन्ने चुडामणि उप्रती फरार छन्। योसँगै उक्त सुन काण्डमा महानगरीय प्रहरी अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल, डिएसपी केसी, इटहरीका डिएसपी सञ्जय राउत र मकवानपुरका एसपी विकासराज खानाल र पूर्व डिआइजी गोविन्द निरौला पक्राउ परेका छन् । त्यस्तै अन्य २५ जनालाई पक्राउ अनुसन्धान गरिएको छ ।

विशेष