खेल

म्यानचेस्टर युनाइटेडसँग आर्सनल पराजित

म्यानचेस्टर युनाइटेडसँग आर्सनल पराजित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले आर्सनललाई २ – १ ले हराएको हो ।

 

घरेलु मैदानमा भएको खेलमा युनाइटेड लाई जित दिलाउन पाउल पोग्बा र मारोउने फेलानीले समान एक एक गोल गरे । आर्सनलका हेन्रिख मिखीटेरियनले एक गोल फर्काएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

 

ओल्ड ट्राफोर्डमा खेलको १६ औं मिनेटमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले पछि परेको आर्सनल दोस्रो हाफमा खेलमा फर्कियो । 

 

खेलको ५१ औं मिनेटमा मिखीटेरियनले पुर्व क्लबविरुद्ध गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।यसै सिजन युनाइटेडबाट आर्सनल गएका मिखीटेरियनले पुर्व क्लबविरुद्ध पहिलो गोल गरेका हुन् ।


 तर, मिखीटेरियनको गोलले पाहुना टोली आर्सनलको हार टार्न सकेन् । खेलको अन्तिम मिनेटको खेल बाँकी रहदा ९० औं मिनेटमा फेलानीले गोल गर्दै युनाइटेडलाई २ – १ को जित दिलाए ।


जितसँगै लिगको दोस्रो स्थानको युनाइटेडले ३५ खेलबाट ७७ अंक जोडेको छ । युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटिभन्दा १५ अंकले पछि छ भने तेस्रो स्थानको लिभरपुलभन्दा ५ अंकले अघि रहेको छ । 

 

सिटीको ९३ अंक छ भने लिभरपुलको ७२ अंक छ । ५७ अंक जोडेको आर्सनल लिगको छैटौं स्थानमा छ ।

म्यानचेस्टर युनाइटेड विजयी इंग्लिश प्रिमियर

विशेष