मुख्य समाचार संघीय समाचार

गोलाप्रथाबाटै २ वर्षमा खुस्किन्छ सांसद पद

गोलाप्रथाबाटै २ वर्षमा खुस्किन्छ सांसद पद

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा । तर सत्य हो राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ बर्षमै सकिनेछ। संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधि सम्बन्धी व्यवस्था छ ।

 

 यो धारको उपधारा ३ मा लेखिएको छ, ‘यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधी कायम गर्दा गोलाप्रथाद्धारा एक तिहाइको दुई बर्ष, अर्को एक तिहाइको चार बर्ष र बाँकी एक तिहाइको ६ बर्षको हुने गरी पदावधि कायम गरिनेछ।’ 

 

तर प्रतिनिधिसभाको कार्यकाल भने ५ बर्षको हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्तरुपलाई संघीय संसद भनिन्छ। प्रतिनिधिसभा तल्लाे  र राष्ट्रियसभा माथिल्लो संसद हो। 


सरकारद्वारा मानेनित राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले राष्ट्रियसभा नै स्थायी भएको रप्रतिनिधिभालाई पनि निरानी गर्ने भएकाले यसको महत्व झनै बढेको बताए। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।
 

विशेष