विचार

अप्प दीपो भव!!

अप्प दीपो भव!!

काठमाडाैं । तथागत सिद्धार्थ गौतम बुद्धलार्इ महापरिनिर्वाण प्रस्थान भन्दा अगाडी उनका प्रिय शिष्य आनन्द प्रश्न गर्छन, यो संसार मा सत्य को मार्ग देखाउन तपाईं नरहनु भएपछि ,हामी कसरी हाम्रो जीवनलाइ सत्यको बाटो मा हिडाउन सक्छौं? तथागत सिद्धार्थ गौतम बुद्ध जवाफ दिन्छन – “अप्प दीपो भव” अर्थात् आफ्नो दिपक आफै होउ । कसैले कसैको बाटोको लागि सधै मार्ग प्रशस्त गर्न सक्दैन, केवल आत्मज्ञान को प्रकाश ज्योतिमामात्र हामी सत्यको बाटोमा अघि बढ्न सक्दछौं।


तथागत सिद्धार्थ गौतम बुद्ध भन्छन: मलाई आफ्नो बैसाखी नबनाऊ । यदि तपाईं लङ्गडा हुनुहुन्छ र मेरो बैसाखी मार्फत हिँड्नु हुन्छ भने , तपाईं कति टाढा जानुहुन्छ? तपाईं आफ्नो गन्तव्य सम्म पुग्न सक्नु हुने छैन । आज म तिम्रो साथ छु , भोलि म तिम्रो साथ रहने छैन, तसर्थ तपाईं आफ्नै खुट्टामा हिड्नु पर्छ । मेरो प्रकाशमा नहिड , किनकि अँध्यारो यात्रामा हाम्रो बाटोहरू अलग हुनेछन्। मेरो प्रकाश मेरो साथ हुनेछ, तिम्रो अन्धकार तिम्रो साथ हुनेछ। तसर्थ आफ्नो प्रकाश संय जलाउ।


निस्पट अध्यारो पनि एउटा सानो प्रकाश बाट पराजित हुन्छ,प्रकाश को अनन्तता ज्वलनबिना सम्भव छैन , यदि आध्यारोबाट बच्नु छ भने चाहे त्यो मन भित्र होस् वा भौतिक दुनिया को व्यक्ति को सामु आत्म बिसर्जनको यात्रा उपस्थित छ । तथागत सिद्धार्थ गौतम बुद्ध को भनाइ को मतलब पनि यहि हो कि कोहि दोश्रो साधन,व्यक्ति वा साध्य को भर गर्नु भन्दा आफ्नो प्रेरणा आफै बन आफै प्रज्वल होउ।


बुद्धले सम्पूर्ण जीवनको निचोड, सम्पूर्ण जीवन अनुभव को एक निस्कर्ष , एक जीवन साध्य ,यो जीवन तरङ्ग यहि अन्तिम वाक्य जो प्रिय शिष्य आनन्द संगै यो संसारलार्इ दिनु भएको छ । यो जीवन सुर ,यो जीवन धुन हर सन्ध्या मा गाउने भक्ति संगीत मात्र होइन, अत्यन्तै संबेदनशील, अति सुक्ष्म तरङ्ग हो । 

 

जो हर जीवनमा तरंगित भैरहेको हुन्छ। मान्छेको अन्तर्मन पिण्ड गुरुत्वबाट मुक्त भएर असिमित आकाश रम्न चाहन्छ, अशिमित जिज्ञासासँगै तर दुर्भाग्य बाहिरी दुनियाँ जान्न यति उत्कट आशा र अभिलासहरुको अन्ध नसामा आफै भित्र को संय भाव,संय स्वभाव ,संय सत्यलार्इ बेवास्ता गर्दछ।

 

संयको जिज्ञासाबाट बिमुख हुदा परिधिय प्यास रुढिवादी परम्परा र सामाजिक ज्ञानले तुरुन्तै मेटाउ छ कारणबस मान्छे धर्म भीरु हुन पुग्छ। धर्मको नाममा, बिचारको नाममा, एक दोश्रोको अस्तित्वलार्इ अनादर गर्न पुग्दछ। बालापन देखि सिक्दै आएको, सुन्दै आएको, त्यसैमा आफुलाई परिस्कृत गर्दै आएको, त्यहि धर्म सस्कारको बारेमा येति बिध्न निसंकोच भइदिन्छ कि, मान्छे त्यहि अन्तिम सत्य मानेर सम्पूर्ण संसारलाई धारणा र धर्मको तुच्छ कोठारी मा कैद गर्ने दुस्शाहस गर्दछ, अनि सोच्दछ म सब जान्दछु। 

 

त्यो रहश्य हरु, त्यो चमत्कारहरू जसले जिबन प्रदान गरिरहेको छ, जीवनका यी प्रदायक हरुलाई वर्ण विभाजित गर्दछ। उसको वतन, उसको स्वभाव, निश्चित समुदाय र वर्गको रुपमा स्थापित गर्दछ । एउटा तेस्तो सुन्दर जन्जीर जसमा कैद हुने संयले त्यस माथि शंका गर्न अनौठो मान्दछ मानौ कि त्यही जन्जीर उसको स्वत्रन्त्रता हो।


दुखद कुरा त यो हुन्छ कि ती आत्माहरु जो आफुलाई स्वन्त्रत ठान्द छन् तर जन्जीरले कसरि कैद छन् उनिहरूलार्इ यो विषयमा ज्ञानसम्म छैन बरु उनीहरुका लागि ति कुनै बहुमुल्य गहना हुन् जीवन सजावटका अनुपम अलौकिक बरदान हुन्। अझ दुखद: त यो छ कि उनीहरु अनभिज्ञ छन् । त्यहाँ परम स्वतन्त्रता को अद्भुत सम्भावना आफै भित्र छ । प्रज्ञा पुरुष आफैँभित्र सुसुप्त छ बकवास लाग्ने बुद्ध्त्व सानिध्य छ ।

 


तर मान्छे गोरख धन्दामा लिप्त छ , मनगढ़ंत कहानी मा खुशी छन् , एस्तो लाग्छ सम्पूर्ण भिड बिना परिश्रम को क्षणिक स्वार्थमा मग्न छ। मनोरञ्जनको अविछिन्न मनोदशामा मान्छे अपार उत्शुक छ । समय र फुर्सद पनि छैन यो अविछिन्न शृंखला अटुट छ । यद्धपि बकवास बुद्ध अवचेतन मन भित्र बिस्फोट को तयारीमा छ । किनकि सबै सुन्दर सुकोमल सरिर बिस्तारै चाउरिदै जादा मान्छेलार्इ अप्रत्याशित चिन्ता हुन्छ । पीडाबोधमा छट्पटीन्छ । 

पैसा ,मान , इज्जत आदिको प्रयाप्त संकलन पश्चात आफैँभित्र खोक्रो अनि आफैँलार्इ उदास पाउदा विक्षिप्त हुन्छ मान्छे । पोल्छ हृदय निद आउदैन । शरीरमा शक्ति क्षय भइ कम्जोर महसुस गर्दछ । पिडाको अनन्त चोटले जब उसलाई छुन्छ त्यो धेरै अबेर भैसकेको हुन्छ।

आज भन्दा २५ सय ६२ वर्षा अगाडी जब बुद्ध ले ” अप्प दीपो भव” भने, अवश्य नै कोहि न कोहिले त प्रश्न उठाए होला । आफैँ कसरी दिपक हुने ? आफै कसरी जल्ने र प्रकाश रुपमा रुपान्तरण हुने ? उत्तर संय निहित छ । ज्ञानको अथाह गहिराइ र ज्ञानको त्यो स्वरुपमा समाहित भएर जसरि तिलको सानो दानामा तेल संग्रहित हुन्छ । 

 

जसरि पत्थर मा आगो छिपेको हुन्छ मनुष्यको उर्जा उसभित्र नै छिपेको हुन्छ । बस उसलाई जगाउने मात्र हो। सामान्य अर्थमा “बन्ने” र “हुने” यी दुवै एक जस्तो लागेपनि शब्दभाव र सत्य अर्थमा धेरै भिन्नता छ । “बन्ने” कुराले संयको कुनै नया निर्माण जसमा बाहिरी शक्तिको उत्प्रेरणा र संगलग्नताको संकेत गर्दछ भने “हुने” कुराले संयको संगलग्नत्ता र आकस्मिकताको संकेत गर्दछ ।

 

 संयको निरन्तर तपश्यामा क्रम भंगताको बोध उजगार गर्दछ । “हुने”कुरा धेरै अर्थमा निर्माण होइन आफ्नो रुपान्तरण हो । आफैँ भित्रको क्रान्ति हो । छिपेको आगो लाइ प्रकट गर्ने सर्वश्रेष्ठ अद्भुत कला हो । यहि प्रकटीकरण को लागि व्यक्तिलार्इ बुद्धको आवश्यकता हुन्छ मार्ग निर्देःसको लागि ताकी यात्रामा कहिँ गलत बाटो चयन नगरोस। 

समय क्रममा यो घर्तिमा आएका महान आत्माहरुबाट यो रुपान्तरणको सुत्र विभिन्न रुपमा विभिन्न ढंग बाट हामीबिचमा आज ब्याप्त छ। जीवनको आफ्नो वास्तविक स्वरुपको बोध गराउने यो महान कार्य परम्परा र सस्कारको नाममा चिरहरण भएको छ । आदेश र आज्ञाले व्यक्तिलार्इ गुलाम बनाएको छ । अनि दैनन्दिन आदेश र तथाकथित गुरुवर को नाममा ब्यक्त भइरहेको छ।

 

बुद्धको यो अन्तिम सुत्रको मर्मलाइ बुझ्ने हो भने । जब आफैँ दीप बन्ने हो त्यहाँ अर्को ज्वलन को आवश्यकता किन ? आफै प्रकाश बन्ने हो भने त्यहाँ अर्को प्रकाश को आवश्यकता किन ? जहा आफै बुद्धत्व मा रुपान्तरण हुने हो भने त्यहाँ अर्को बुद्ध किन ? प्रश्न को उत्तर सहज छ: जब व्यक्ति संयलार्इ थाहा हुन्न उ किन व्यथित छ ? संयलार्इ थाहा हुन्न उ किन दुखि छ ? भने अाश्य नै त्यहाँ क्षणिकुनै भए पनि प्रकास जरुरत छ ।

 

गुरुको जरुरत छ। ज्वलन को आवश्यक छ । व्यक्ति त ती धारणाहरुमा विस्वास गरेर भन्छ कि म आफ्नो विचार अनुसार चल्दछु । आफ्नो लागि आफैँ सोच्दछु । सैदान्तिक रुपमा यो कुरा एकदमै ठिक देखिन्छ । आफ्नो र्इच्छा अनुसार जिउने तर जब जिउनुको बारेमा केहि थाहा नहुदा यी निचोडहरु बेअर्थ र बेसुर बन्दछ।


आफैँ बारे केहि पनि थाहा छैन । तर यदि उसले भन्छ कि म आफ्नै अनुसार हिंडिरहनेछु । एस्तो अवस्थामा यो त्यहि समाज, त्यहि बुझाइ ,त्यहि सोच अनुसार भन्दा स्वन्त्रत हुनै सक्दैन। हामी जिइरहेको जीवनमा हाम्रो मौलिक हिस्सा कति छ ? गहिराइमा हेर्ने हो भने हाम्रो सम्पूर्ण जीवनमा अन्य सामेल छ । केहि पनि हाम्रो नीजि हो भन्ने वास्तविक धरातल छैन। तर हामि त्यहि नकल जीवनमा एक वास्तविक स्ट्याम्प ठानेर सत्य प्रमाणित गरि रहन्छौँ । संय आफैंलाई अरूको रूपमा बुझ्दछौँ । यी नै येस्तै कठिन अवस्थामा हामीलार्इ प्रकाशको सहारा आवश्यक हुन्छ।


निर्विकार ब्रम्हाण्ड,निर्विकार चेतनाभित्र मान्छे झुठो आयतन, झुठो संस्कार,झुटो स्वाभिमान, झुठो दरार ,झुठो सिमाना ,झुटो विस्वास ,झुटो यथार्थ ,झुटो सत्य निर्माण गर्दछ । समाज र संस्कारले शिक्षित हाम्रो सोच, हाम्रो जीवन गोल चक्रमा हाम्रो र्इच्छाभित्र त्यहि समाज जनित स्वार्थ र स्वेच्छाले बुद्- बुद भरि पूर्ण छ के खाने, कस्तो खाने, के लाउने, कस्तो लाउने, के बोल्ने ,कस्तो बोल्ने ,कहाँ बस्ने , को आफ्नो, को पराइ ,निजता र शत्रु भेद क सोच्ने कस्तो प्रकिया मा सोच्ने येति सम्म कि हाम्रो हर इच्छा र सोच ,हाम्रो हर प्रतिष्ठा र सम्मान ,हाम्रो जिबन को मूल्य र मानक यो त्यहि समाज र त्यहि ज्ञान निर्माण गर्दछ हामी त्यहि लुटिएको प्राण बाट उत्त्पन्न इच्छा र सोचलार्इ बैयातीक्त स्वतन्त्र छनौट सोच्दछौ । 


जसमा वास्तविक रुपमा ब्यक्तिको कुनै अंशसम्म पनि नहुन सक्छ बरु उसको वास्तविक स्वभाव भन्दा विपरित पनि हुन सक्छ। अर्कोतर्फ समय क्रमसँगै भौतिक शरीरमा आएको बदलाबले उत्पन्न संवेग र आवेग हरुलाई पनि हामि हाम्रो र्इच्छा र बैयातीक्त स्वतन्त्र छनौट मान्ने गल्ति गर्दछौ वास्तवमा यी शरीर संवेग र समाज जनित स्वेच्छा को समन्वय हो।


तथागत सिद्धार्थ गौतम बुद्ध ज्ञान प्राप्ति पश्चात आफैँसँग भन्छन : संय द्वारा उदघाटित संयरहश्य , अव कसलाई गुरु मानु, कसलाई सिकाउ, कसलाई शिष्य बनाउ? बुद्धका अन्तिम उपदेश “अप्प दीपो भव!!!” उनका यी ज्ञानले बाहिरि प्रकाश,बाहिरि ज्वलन र गुरुवरलार्इ निमित्त मात्र हो भन्ने मर्म सजिलै बुझ्न सकिन्छ।

 

महत्वपुर्ण सवाल आफैँभित्रको उत्खनन हो । आफै भित्र को प्रज्वलन हो । बाह्य कुराहरु साध्य होइनन क्षणिक सहायक मात्र हुन् । केहि अदम्य साहशले मात्र स्वउत्खनन सम्भव छ । स्वप्रज्वलन सम्भव छ । जसलाई सहारा को आवश्यक छ तिनीहरु पनि अन्तत: शुन्यतामा एक्लै ज्वाजल्यमान हुन्छन गुरु त केवल संकेत मात्र हो यात्रा को । यो सहारा सत्य प्राप्ति को साध्य होइन,सत्य प्राप्ति को मार्ग पनि होइन , त्यो यात्रा मा अघि बढ्न लागि चाहिने सहयोगी हिम्मत मात्र हो। 

 

यो सत्य यात्रामा सहारा को जरुरत पनि पर्दैन किनकि यो यात्राको गहिराइ संयभित्रको गहिराइ हो । आफैँभित्रको गहिराइमा डुबेर संयलार्इ भुल्ने प्रश्न नै आउदैन बरु जति गहिराइमा डुब्न सक्यो त्यति बढी ज्वाजल्यमान त्यति बढी प्रकाश प्राप्त हुन्छ। गुरु त्यहि गहिराइको संकेत मात्र हो डुब्नु त संय को जरुरी छ । जति चाडो संकेतबाट अघि बढ्यो त्यति नै बढी गहिराइकाे अनुभूति संयको मिल्छ निरन्तर साहाराले त गहिराइमा बाधा उत्पन्न गर्दछ।


यसबीचमा अनगिन्ती तथाकथित गुरुहरुले हामिलाइ मुक्ति सिकाएका छैनन् बरु निर्भरता सिकाएका छन् । स्वतन्त्रता सिकाएका छैनन् तर गुलामी सिकाएका छन् त्यसैले त बुद्ध कालजयी छन् उनका बिचार श्रेष्ठ छ, उनको दृष्टी त्यो अनुपम गन्तव्य को बर्णन गर्छ । उनका संकेतले हामिलार्इ त्यसतर्फ डोर्याउछ । २५ सय ६२ औं बुद्ध जयन्ती को दिन हर व्यक्तिलार्इ यहि स्वउत्खनन र स्वप्रज्वलताको मार्ग प्रसस्त हाेस्। अप्प दीपो भव!!!

याे सामाग्री पर्ल स्ट्रेट जर्न बाट लिएकाे हाे ।

गौतम बुद्ध रोबोट सम्वाहाङफे

विशेष