मन्त्री लालबाबु पण्डितलाई कर्मचारीहरुको चेतावनी, ‘स्वेच्छिक अवकास रोके आन्दोलन गर्छौँ’
काठमाडाैं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले अाफूहरूकाे स्वेच्छिक अवकास रोकेकाे अवस्थामा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यूनियनले साेमबार संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वेच्छिक अवकास रोके आन्दोलन गर्ने चेतावनी दिएको हो ।
प्रधानमन्त्री केपी ओली र सामन्य प्रशासनमन्त्री पण्डितले स्वेच्छिक अवकास रोक्ने अभिव्यक्ति दिएपछि कर्मचारीहरुले सरकारलाइ दबाब दिएका हुन् । उनीहरूले पेश गरेकाे पत्रमा ऐन÷कानुन विपरित निर्णय भएमा अन्य कार्यक्रममार्फत अगाढि बढ्न आधिकारिक टे«ेड यूनियन बाध्य हुने उल्लेख छ ।
सरकारले स्वेच्छिक अवकासको नीति अगाडि सारेपछि विभिन्न तहका नौ हजार ६ सय ५६ कर्मचारीले अवकासका लागि निवेदन दिएका थिए ।