मनोरञ्जन चाडै आउदैछ

‘नाई नभन्नु ल ५’ को छायांकन इलामको चिया बगानमा

‘नाई नभन्नु ल ५’ को छायांकन इलामको चिया बगानमा

काठमाडौं। फिल्म ‘नाई नभन्नु ल ५’  को छायांकन सुरु भएको छ। फिल्म भदौको पहिलो सातादेखि प्रदर्शन गरिने भएका छन् । इलामको चिया बगानमा फिल्मको छायांकन गरिरहेका छन्  ।


गोविन्द लामिछाने, इलाम, रासस

निर्देशक विकासराज आचार्यले १ बर्ष भन्दा लामो ग्यापपछि चलचित्र 'नाई नभन्नु ल’को पाँचौ श्रृङ्खला बनाउने भएका छन् । यो श्रृङ्खलालाई पनि उनी आफैले निर्देशन गर्दैछन् । चलचित्रका लागि कलाकार फाइनल पनि भएका छन् ।


फिल्ममा नायिका प्रियंका कार्कीको निरन्तरता रहेनछ । साथमा, यो पटक विकासको चलचित्रमा नायिका स्वस्तिमा खड्का भित्रिएकी छिन् । बाल-कलाकार अनुभव रेग्मी चलचित्रको मुख्य भूमिकामा रहनेछन् । वुझिएअनुसार, नायिका प्रियंका कार्की अर्की नायिका स्वस्तिमा खड्काको आमाको भूमिकामा देखिदैछिन् । चलचित्र ‘छक्का पन्जा २’मा पनि प्रियंका स्वस्तिमाकी आमाको भूमिकामा देखिएकी थिइन् ।


फिल्ममा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन रहनेछ । फिल्ममा बाल-कलाकारको रुपमा अनुभव रेग्मी र स्यार्टिना शर्माको मुख्य भूमिका रहनेछ ।


फिल्ममा अभिषेक नेपाल, बुद्धि तामाङ, जयनन्द लामा, दिलिप रायमाझी, उत्तम केसी लगायतका कलाकार पनि रहनेछन् ।


फिल्ममा सामिप्यराज तिमिल्सिना र विकास आचार्यको कथा, पटकथा तथा संवाद छ । फिल्मलाई प्रेम कथामा तयार पार्न लागिएको विकासले  जानकारी दिएको छ ।

 

नाई नभन्नु ल ५ चलचित्र नायिका प्रियंका कार्की छक्का पन्जा २

विशेष