च्याम्पियन्स लिगमा मड्रिडविरूद्ध निरीह बन्याे युभेन्टस
च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा साविक विजेता रियल मड्रिडले युभेन्टसलाइ ३–० गोलले पन्छाएकाे गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा झरेको युभेन्टसलाई हराउन रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
खेलको तेस्रो मिनेटमै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले एक शुन्यको अग्रता लिएको थियो । ३५ औं मिनेटमा टोनी क्रुसले डी बक्स नजिकैबाट प्रहार गरेको सशक्त प्रहार बारमा लाग्दा रियल पहिलो हाफमा दुई शुन्यको अग्रता लिनबाट चुक्यो ।
दोस्रो हाफमा रियालले थप दुई गोल गर्दा युभेन्टस भने दश खेलाडीमा समेटियो । ६४ औं मिनेटमा रोनाल्डोले ओभरहेड किकमार्फत गोल गरेपछि युभेन्टस २–० पछि पर्यो ।
रोनाल्डोले आकर्षक गोल गर्दा युभेन्टसका समर्थकलेसमेत ताली बजाउँदै उनीप्रति सम्मान प्रकट गरेका थिए ।
रोनाल्डो च्याम्पियन्स लिगमा लगातार दशौं खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
६६ औं मिनेटमा पाउलो डिबाला दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरीएपछि दबाबमा आएको घरेलु टोली खेलमा फर्कन सकेन् । ७२ औं मिनेटमा रोनाल्डोकै पासमा मार्सेलोले टिमका लागि तेस्रो गोल थपे ।
इन्जुरी समयमा राेनाल्डाे ह्याट्रिक गर्ने मौकाबाट चुकेका थिए । बुफनको टोलीले पनि गोलका केही अवसर सिर्जना गरेका थिए तर रियलका गोलकिपर नाभास बाधक बने ।