पर्यटन मुख्य समाचार

रामारोशनलाई निकुञ्ज बनाइने आश्वासन

रामारोशनलाई निकुञ्ज बनाइने आश्वासन

अछाम । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले पर्यटकीय क्षेत्र रामारोशन जोड्ने सडक पक्की बनाइने र बस चल्ने बनाउन पहल गरिने बताएका छन् । 

 

रामारोशन पर्यटन तथा साँस्कृतिक महोत्सवको अछाममा उद्घाटन गर्दै पूर्व उप-प्रधानमन्त्री रावलले रामारोशनलाई निकुञ्ज, आरक्षण वा संरक्षित क्षेत्रमध्ये के बनाउन सकिन्छ त्यसतर्फ आफू प्रयत्नशील रहने आश्वासन दिए । 

 

महोत्सव मूल आयोजक समितिका अध्यक्ष जनक साउद, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, प्रदेशसभा सदस्य दुर्गा विक, रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलगायतले पनि बोलेका थिए ।  (रासस)

रामारोशन अछाम भीमबहादुर रावल निकुञ्ज

विशेष