समाज प्रदेश ३

प्रधानाध्यापकले नै दलित भन्दै डेराका विद्यार्थी निकाले

प्रधानाध्यापकले नै दलित भन्दै डेराका विद्यार्थी निकाले

सिन्धुपाल्चोक । एसइई परिक्षा दिन परिक्षा केन्द्र नजिक डेरा लिएर बसेका विद्यार्थीलार्इ स्थानीय शिक्षकले नै दलित भन्दै कोठाबाट निकालिएको घटना बाहिरिएको छ ।

 

सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगडी नगरपालिका-२ आनन्द मावि जलबिरेमा कक्षा १० मा अध्यनरत रोशन बस्याल सुकुमान बर्माशाहलार्इ दलित भन्दै जुगल गाउँपालिकाको दोवोङ्पोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका चेतनारायण पौडेलले कोठाबाट निकालेका हुन् । 


 

रत्नराज्य माध्यमिक विद्यालय जुगल परिक्षा केन्द्र ताेकिएछि त्यहाँ नजिकै रहेकाे पौड्यालको घरमा विद्यार्थीहरूले कोठा भाडामा लिएर बसेका थिए । 

 

अभिभावकले खोजेर राखेको कोठामा चैत्र ६ गते विद्यार्थी बस्न जाँदा प्रधानाध्यापक पौडेलले कुन जातको हो भनेर सोधपुछ गरि तिमीहरु दलित रहेछौ, तिमीहरु हाम्रोमा बस्न मिल्दैन भनेर अपमान गर्दै कोठाबाट निकालेको पीडितले बताएका छन् । 


न्याय माग्न जाँदा प्रहरीले वेवास्ता गर्याे

भविष्य निमार्ण गर्न एसइई परिक्षामा सामेल हुन गएका बालबालिकामाथि शिक्षण पेशामा लागेका व्यक्तिले गरेको दुर्व्यवहार सहन नसकेर पीडित विद्यार्थी अभिभावकहरुले चैत्र ८ गते इलाका प्रहरी कार्यलय जलबिरेमा उजुरी दिए ।


तर प्रहरीले यस घटनालार्इ समान्य रुपमा लिएर उजुरीको वास्ता गरेन । पीडितहरुको निवेदनमा कुनै चाँसो नदेखाएर प्रहरीले सम्बन्धित गाउँपालिकाको वडाअध्यक्षलार्इ मिलापत्र गराउन दबाब दिएको पीडित अभिभावक ज्ञान बहादुर सार्कीले जानकारी दिएका छन् ।

 

घटनाका पीडितलार्इ न्यायको लागि दलित एकता सञ्जाल सिन्धुपाल्चोकले पहल गरिरहेको शुनिल मिजारले बताएका छन् ।

प्रधानाध्यापक दलित न्याय  एसइई परिक्षा

विशेष