धनगढी प्रिमियर लिगमा विराटनगरको पहिलो जित
कैलाली । धनगढी प्रिमियर लिगमा विराटनगर किङसले पहिलो जित दर्ता गरेको छ भने रुपन्देहीले लगातार तेस्रो खेलमा हार ब्यहोरेको छ ।
बुधबार भएको खेलमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गर्यो । हारपछि रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ ।
कैलालीको संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो । बलियो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको थियो ।
ओपनर अनिल शाह ३६ रनमा आउट भएपछि विराटनगरले पहिलो विकेट गुमायो । त्यसपछि बाबर हायात र दीलिप नाथले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । दीलिप ४३ रनमा आउट भए भने बाबरले ५८ रन बनाए । बाबरले प्रतियोगितामा पहिलो अर्धसतक हो भने चौथो हो ।
त्यसपछि कप्तान पारस खड्काले २२ तथा सौरभ खनालले अविजीत १७ रन बनाए । बलिङतर्फ रुपन्देहीका सेफयान मोहम्मदले दुई विकेट लिए ।
जवाफमा सुरुवात राम्रो गर्न नसकेको रुपन्देही २० ओभरमा एक सय ३९ रनमा रोकियो । १० रन हुँदा पहिलो विकेट गुमाएको रुपन्देहीको मिडिलअडर पूर्ण रुपमा ध्वस्त भयो ।
उसका लागि प्रदीप ऐरीले ५४ रन बनाउँदा दीपक प्रसाद २२ रनमा आउट भए । ६६ रन बनाउँदा तीन विकेट गुमाएको रुपन्देहीले शतक पार गर्दा सात विकेट गुमाएको थियो । उसका पाँच खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ विराटनगरका सुभंम कामतले तीन तथा रामनरेश गिरीले दुई विकेट लिए । जारी प्रतियोगितामा रुपन्देही अंकविहिन