मनोरञ्जन चाडै आउदैछ

'डमरूकाे डण्डिबियाे'काे ट्रेलर सार्वजनिक

'डमरूकाे डण्डिबियाे'काे ट्रेलर सार्वजनिक

फिल्म ‘डमरुको डण्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्युबमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

 

सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने डण्डीबियो खेलको पुन:स्थापनामा लागिपरेको देखिन्छ।

 

२१ वैशाखबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपु कोइच सुनवार, नमिता घिसिङलगायत  कलाकारको अभिनय छ।

 

समृद्धि इन्टरटेनमेन्टको ब्‍यानरमा निर्माण भएको फिल्मलाई छेतन गुरुङले निर्देशन गरेका छन्। नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको फिल्ममा  खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ।
 

विशेष