देश प्रदेश ७

गौरिफण्टा नाकाको स्तरोन्नती गर्न प्रदेश सांसदको माग

धनगढीका मेयरले पनि बुझाए ज्ञापन पत्र 

गौरिफण्टा नाकाको स्तरोन्नती गर्न प्रदेश सांसदको माग

तेज बोहरा/धनगढी । प्रदेश नंम्बर ७ को बिहीबारको प्रदेश सभा बैठकमा बोल्ने अधिकांस सांसदले कैलालीमा रहेको नेपाल–भारत जोडने गौरीफण्टा नाकाको स्तरोन्नतीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणको ऐजेण्डा बनाउन माग गरेका छन् ।

 

बिहीबार सम्पन्न प्रदेश ७ को १० औं प्रदेश सभा बैठकको सुन्य समयमा बोल्ने सांसदहरुले गौरीफण्टा नाकालाई यस प्रदेशको प्रमुख नाका बनाउन पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । 

 

सुन्य समयमा वोल्ने २७ जना सांसदहरु हरेकले गौरिफण्टा नाकाको स्तरोउन्नतीमा जोड दिए । सांसदहरुले गौरीफण्टा नाकाको स्तरोन्नती विना यस प्रदेशको आर्थिक उन्नती हुन नसक्ने बताए ।


बिहीबार नै धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले पनि गौरिफण्टा नाकाको स्तरोन्नतीको माग सहित मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् ।

 

साथै बिहीबारको संसद बैठकमा आर्थिक विधेयक व्यवस्थित गर्न गरिएको नियमावली २०७४ लाई विधायक समितिमा पठाएको छ । दफाबार छलफलपछि बिहीबार बसेको बैठकले समितिमा पठाएको हो ।

 

बैठकमा नियमावली संसोधन सहितको समितिका जेष्ठ सदस्य कृष्णप्रसाद सुवेदिले प्रस्तुत गरेका थिए । उक्त विधेयक चैत २० गते बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पेश गरेका थिए ।

 

विधेयकमा ११ वटा परिछेद् र ६५ वटा दफा छन । आर्थिक बिधयक भोली चैत २३ गते बस्ने प्रदेश सभा बैठकले पास गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।


 

विशेष