‘पश्चिम सेती लगानी अयोग्य’ भन्दै थ्री गर्जेजले दियो आयोजनाबाट बाहिरिने संकेत

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले पश्चिम सेतीलाई ‘लगानी अयोग्य’ भन्दै आयोजनाबाट बाहिरिने संकेत दिएको छ।
६ वर्षअघि सरकारसित समझदारी गरेको सीटीजीआईले लगानी बोर्डलाई अघिल्लो साता दिएको प्रतिवेदनमा जलाशययुक्त आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धी नेपालको नीतिका कारण कुनै पनि हालतमा आयोजना अघि बढाउन नसकिने जिकिर गरेको छ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सीटीजीआईको उक्त प्रतिवेदनउपर बोर्डद्वारा गठित समितिले अध्ययन गरिरहेको बताए। ‘प्रतिवेदनको सारांशमा आयोजना लगानीका लागि योग्य नभएको उल्लेख छ,’ अधिकारीले बुधबार भने, ‘समितिको सिफारिस आएपछि एउटा निर्णय हुनेछ।’
प्रधानमन्त्री केपी ओलीले अध्यक्षता गरेको लगानी बोर्डको फागुन २५ गते बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरुङको संयोजकत्वमा समिति गठन गरेको थियो । याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।
पश्चिम सेती सीटीजीआई