समाज प्रदेश ३

बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका प्रबन्ध निर्देशक बेपत्ता

बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलका प्रबन्ध निर्देशक बेपत्ता

रसुवा । निजी क्षेत्रबाट सञ्चालित बेत्रावतीस्थित एक विद्यालयका प्रबन्ध निर्देशक बेपत्ता भएका छन् । 

 

बेपत्ता हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे घर भई बेत्रावती ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूल सञ्चालन गर्ने प्रबन्ध निर्देशक २९ वर्षीय चित्रमान डंगोल रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । 

 

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार मानिस हराएको जाहेरी पाउनासाथ खोजतलास कार्यलाई व्यापक बनाइएको छ । 

 

यही चैत १५ गते आफ्नो घर लहरेबाट स्याफ्रुबेँसीका लागि हिँडेका श्रेष्ठ सोही दिन राति १० बजे आफू स्याफ्रुबेँसी पुगेको जानकारी घरपरिवारमा गराएपछि सम्पर्कविहीन भएको उहाँका दाजु नेत्रमानले बताए । 

 

हराएका डंगोलको खोजी सहजीकरण गरिदिन आमसञ्चार माध्यम, मानवाधिकारवादी संघसंस्था र सम्पूर्ण दाजुभाइ दिदीबहिनीसमक्ष आग्रह गरिएको उनका परिवारजनले बताएका छन् । 

बेपत्ता ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूल चित्रमान डंगोल

विशेष