समाज

४ महिनादेखि बालक बेपत्ता

४ महिनादेखि बालक बेपत्ता

विगत ४ महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन्। 

 

राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुबा बिजुली यादवले बताए।

 

राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जलस स्कुलको कक्षा ६ मा अध्ययन गर्दै आएका मिथिलेश गत मंसिर महिनादेखि सम्पर्कविहिन भएको पारिवारिक स्रोतले जनाएको छ। 

 

उनको अवस्था पता लगाउन स्थानीय प्रशासनलाई जानकारी दिइए पनि हालसम्म खोजी गर्न नसकेको पारिवारिक स्रोतले गुनासो गरेका छन्। 

 

मंसिर महिना विवाह पञ्चमीका दिन स्कूलमा बिदा भएपछि राजविराज नगरपालिका–१ डुम्बरिशिवथान बस्ने आफ्नी दिदीकोमा जान्छु भनी हिँडेका मिथिलेश राजविराजबाटै बेपत्ता भएका थिए।

 

बेपत्ता यादवको बारेमा अझै पता लाग्न नसकेको र उनको खोजी कार्य जारी नै रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए।

बेपत्ता

विशेष