अरुणकुमारको तर्कः ओलीलाई चीनले प्रयोग गरेरै भारत पठाएको हो (भिडियाे)
उपेन्द्र यादवको सत्तायात्रा भारतको हातमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि भारत गएका छन् । ५४ सदस्सीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे नेपाल वायु सेवा निगमको निजी विमानबाट भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
यस सँगै नेपाल–भारतबीचको विगत देखिको टकराव सिथिलिकरण हुनेमा विश्वस्त छन् विश्लेषक अरुणकुमार सुवेदी । खरो टिप्पणी गर्ने सुवेदीको नियमित भिडियो ब्लग ‘कुरा खस्रा मिठा’ यसपटक प्रधानमन्त्रीको भारत भ्रमण र यसका प्रभावमाथि केन्द्रित छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटै कार्यकालमा नेपालका ५ प्रधानमन्त्रीलाई स्वागत गरे । पाचौँ प्रधानमन्त्री हुन् केपी ओली । उनको यो भ्रमणलाई विगतका भन्दा भिन्न तरिकाले हेरिँदैआएको छ ।
विश्लेषक सुवेदीसँग प्रधानमन्त्रीको भारत भ्रमणको लागि अनुकुल समय हो त ? भनेर सोधेका थियौँ । उनले यसलाई स्वभाविक भ्रमणको रुपमा ब्याख्या गरे । साथै परिस्थितिले नै उनलाई भारत जानुपर्ने भएको बताए ।
यद्यपि ओलीको भारत भ्रमण छिटो हुनुको कारण महिनाअघि पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणसँग जोडेर उनले ब्याख्या गरेका छन् । साथै प्रधानमन्त्री ओलीका लागि धेरै चुनौती भए पनि अवसर थुप्रै रहेको उनको भनाइ थियो ।
यसअघिका प्रधानमन्त्रीले गर्न नसकेका काम ओलीले गर्नुपर्ने र उनले आफूलाई पुष्टि गर्नुपर्ने समय आएको सुवेदीको सुझाव छ ।