अर्थ मुख्य समाचार

नेपालमा ढुक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

नेपालमा ढुक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

 

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उद्योगी व्यवसायीहरूलाई सम्बोधनका क्रममा नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन् । 

 

 उनले भने, ‘नेपालमा लगानीका लागि उचित वातावरण छ, लगानी गर्नुस् ।’ नेपालले उदार अर्थतन्त्रको नीति लिएको भन्दै सरकारले वैदेशिक लगानीको संरक्षण गर्ने  प्रभानमन्त्री अाेलीले बताए । 

 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपालमा लगानीका लागि सुरक्षा रहेको बताएका थिए । 
 

प्रधानमन्त्री अाेली राजकीय भारत भ्रमण लगानी

विशेष