खेल मुख्य समाचार

डीपीएल क्रिकेट: धनगढी प्लेअफमा, रुपन्देही सबै खेलमा पराजित

डीपीएल क्रिकेट: धनगढी प्लेअफमा, रुपन्देही सबै खेलमा पराजित

काठमाडाैं । टिम चौराहा धनगढी डीपीएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शनिवार रुपन्देही च्यालेन्जर्सलाई ३ रनले हराउँदै धनगढी ६ अंक सहित अघिल्लो चरण प्रवेश गरेको हो । प्रतियोगितामा शक्ति गौचन नेतृत्वको रुपन्देहीले एउटा पनि जित निकाल्न सकेन ।

 

 धनगढी प्लेअफमा पुग्ने तेस्रो टिम हो । चौथो टिमको टुङ्गो आइतवार लाग्नेछ ।  बर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा ७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ७३ रन मात्र बनाउन सक्यो । सागर पुनले १६ बलमा ३३ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । 

 

धनगढीका लागि रोहन मुस्ताफाले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको धनगढीले पुरै ओभर खेलेर ७ विकेट गुमाउँदै ७६ रन जोडेको थियो । उसका लागि सोनु तामाङले १४ बलमा ३४ रनको विष्फोटक पारि खेले ।

 

उनले ४ छक्का प्रहार गरेका थिए । यसवाहेक रोहन मुस्ताफाले १५ रन बनाए । रुपन्देहीका लागि सुसान्त भारीले ३ विकेट लिए ।   

रुपन्देही च्यालेन्जर्स डीपीएल क्रिकेट टिम चौराहा धनगढी

विशेष