स्वास्थ्य

जिल्ला अस्पताल बझाङ ३० शय्यामा विस्तार हुँदै

जिल्ला अस्पताल बझाङ ३० शय्यामा विस्तार हुँदै

बझाङ  । जिल्ला अस्पताल बझाङको शय्या विस्तार हुने भएको छ। हाल १५ श्ययाको उक्त अस्पताल ३० शय्यामा विस्तार हुन लागेको हो। 

 

अस्पतालको नयाँ भवन निर्माणपछि शय्या विस्तार हुने छ। भवन निर्माणको काम भवन डिभिजन कार्यालयले अगाडि बढाइरहेको छ। करिब २५ करोड लागतमा बनिरहेको उक्त भवन २ वर्षभित्र निर्माण सम्पन्न हुनेछ। 

 

जिल्ला अस्पतालका प्रमुख डाक्टर अनुप रेग्मीका अनुसार हाल १५ शय्याको अनुमति पाएको उक्त अस्पतालमा बिरामीको चाप बढी भएका कारण ४० शय्या राखेर साँघुरो अवस्थामा सेवा दिइरहेको छ। ‘बिरामीको चाप अत्यधिक छ’, उनले भने, ‘त्यही भएर बेडको संख्या थपेर जसोतसो सेवा दिइरहेका छौं।’ 

 

उनले नयाँ भवन बनेपछि सेवा प्रवाहमा थप सहज हुने जानकारी दिए। 

बझाङ जिल्ला अस्पताल बझाङ

विशेष