मेयरलाई हत्या अभियोग, जन्मकैदको फैसला

पर्सा । हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशी तिवारीको हत्या अभियोगमा रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगन्जले जन्मकैद सजाय सुनाएको छ ।
अदालतका स्रेस्तेदार बाबुराम दाहालका अनुसार न्यायाधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले फागुन २८ मा यो सजाय सुनाएको हो । अदालतका स्रेस्तेदार बाबुराम दाहालका अनुसार न्यायाधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलासले फागुन २८ मा यो सजाय सुनाएको हो ।
‘जन्मकैद चर्को हुने भएकाले १५ वर्ष सजाय गर्नू,’ फैसलामा इजलासले राय दिएको छ । २०६७ असार १२ गते वीरगन्ज–१३ स्थित श्मसानघाट, शिवपार्वती मन्दिरनजिक ‘फिरोज’ भनिने कुशवाहाले गोली प्रहार गरी तिवारीको हत्या गरेको भन्दै प्रहरीले जिल्ला अदालत पर्सामा मुद्दा चलाएको थियो।
जिल्ला अदालतले २०७० पुस २८ गते उनलाई सफाइ दिएको थियो । कुशवाहा माओवादीकेन्द्रबाट मेयर निर्वाचित भएका हुन्।
जन्मकैद सियाराम कुशवाहा रौतहट