अस्वस्थताले पनि पुरुषमा शुक्राणु कमी हुने संकेत देखाउँछ
पुरुषको वीर्यमा शुक्राणुको सँख्या कम हुनुले केवल उनीहरुको प्रजनन क्षमतामाथि मात्र प्रश्न उठाउँदैन । यस बाहेकका स्वास्थ्य समस्याले समेत शुक्राणुको सँख्या घटाउने एक अध्ययनले देखाएको छ। यस नयाँ अध्ययनका अनुसार शुक्राणुको सँख्या कम हुनुको अर्थ उक्त पुरुष तन्दुरुस्त छैन भन्ने लगाउन सकिन्छ। शुक्राणुको कम सँख्या बारे ५ हजार १ सय ७७ जना पुरुषमाथि अध्ययन गरिएको थियो।
कम शुक्राणु हुनेहरुमध्ये २० प्रतिशत मोटोपन, उच्च रक्तचाप र कालेस्ट्रोल उच्च भएकाहरु थिए। यसैगरी टेस्टोस्टेरोन हर्मोनको कमी भएकाहरुको वीर्यमा पनि शुक्राणु कम पाइएको छ । अध्ययनपछि भनिएको छ, ‘जसको वीर्यमा शुक्राणुको कमी देखिएको छ । उनीहरुले अरु स्वास्थ्य जाँच पनि गर्नुपर्ने हुन्छ ।’ यो अध्ययन चिकित्सकहरुले इटलीमा गरेका हुन्।
वीर्यमा शुक्राणु कमी वा न्युन गुणस्तरका कारण तीन जोडीमा एक बाआमा बन्नबाट बञ्चित छन् । अन्य स्वास्थ्य अवस्था ठीक अवस्थामा फर्काउन सकेमा उनीहरु बाआमा बन्ने सक्ने अध्ययनले संकेत गरेको छ। अध्ययनका अनुसार जो पुरुष वीर्यमा शुक्राणुको कमी हुने समस्याबाट गुज्रिरहेको छ, उसमा मेटाबोलिक सिन्ड्रोम पनि हुन्छ।
उनीहरुको तौल लम्बाईको हिसाबले बढी हुन्छ । उनीहरुमा उच्च रक्तचापको समस्या समेत हुन सक्छ । यसबाहेक डायबिटिज, मुटु रोग र स्ट्रोकको समस्याका कारण पनि वीर्यमा शुक्राणु कम हुने बताइएको छ । यसका साथै उनीहरुमा सामान्य भन्दा १२ गुणा कम टेस्टोस्टेरोन हर्मोन हुन्छ । टेस्टोस्टेरोन हर्मोनको काम यौनेच्छा जगाउनु हो।
इटलीका इन्डाक्राइनोलोजिस्ट प्रोफेसर डा अल्बर्टो फर्लिनको नेतृत्वमा यो अध्ययन भएको हो। उनी भन्छन्, ‘प्रजनन् क्षमतामा कमी हुने समस्याबाट गुज्रिरहेका पुरुषलाई यो महत्वपूर्ण अध्ययन हुन सक्छ । किनकि यसले उनीहरु अन्य समस्याबाट पनि पीडित भएकोतर्फ संकेत गरिदिएको छ।
वीर्यमा शुक्राणु कम हुने समस्या प्रजनन क्षमताको मात्रै होइन, अब उनीहरुको जीवनको पनि रह्यो।’ डा फर्लिन टेस्टोस्टेरोनको कमीका कारण यौन सम्बन्ध बनाउन नसकेका पुरुषहरुले जँचाउन जाँदा अरु चेकजाँच पनि गराउनु उपयुक्त हुन्छ । उनी भन्छन्, ‘जो पुरुष बुवा बन्न सकिएरहेको छैन। उनीहरुले स्पर्मसँगै अन्य कति जाँच गराउनु जरुरी देखिएको छ।’ बिबिसी
अस्वस्थता शुक्राणु प्रजनन क्षमता