अछाममा चट्याङ लागेर दुईजना गम्भीर घाइते, ६ चौपाया मरे
अछाम । जिल्लाको चौरपाटी-३ गगुडामा शनिबार बिहान ४ बजेतिर परेको चट्याङ लागेर दुईजना गम्भीर घाइते भएका छन्।
रमेश कामीको गगुडास्थित घरमा परेको चट्याङ लागेर १० महिने आयुश कामी र १६ वर्षीया सीता कामी जलेर घाइते भएको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
घाइते दुवै बेहोस रहेको अछाम प्रहरीले जानकारी दिएको छ । घाइतेहरूलाई प्रहरीको सहयोगमा उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको छ। चट्याङ लागेर रमेशका गोठमा रहेका पाँच बाख्रा र एक गोरुसमेत मरेका छन्।
उता, शुक्रबार राति हावाहुरीसँगै परेको असिनापानीले जिल्लाका अधिकांश क्षेत्रको गहुँ, जौ, तरकारी, फलफुलमा क्षति पुर्याएको छ