मुख्य समाचार

दुवै देशका प्रधानमन्त्रीद्वारा अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास

दुवै देशका प्रधानमन्त्रीद्वारा अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास

दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक वार्ताभएको छ। दुवै प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्ध र औपचारिक भेटबारे भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट संयुक्त वक्तव्य जारी गरेका छन् ।

 

यस्तै प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले अमलेखगञ्ज-मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् । हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरे ।

 

अहिले पाइपलाइनका लागि वीरगञ्जमा धमाधम पाइप आइरहेको छ । अब रुट क्लेयरेन्समा समस्या नभएका क्षेत्रबाट पाइप बिछ्याउन सुरु हुनेछ । जसअनुसार अमलेखगञ्जबाट चितवनसम्म पहिलो चरणमा र त्यसलगत्तै राजधानी काठमाडौंसम्मै उक्त पाइपलाइन विस्तार गर्ने योजना सरकारको छ । 

पेट्रोलियम पाइपलाइन अाेली माेदी

विशेष