अपराध सुरक्षा मुख्य समाचार

काठमाडौंमा जुवाडेको बिगबिगी : चार दिनमा ३८ जुवाडे पक्राउ

काठमाडौंमा जुवाडेको बिगबिगी : चार दिनमा ३८ जुवाडे पक्राउ

काठमाडौं । पछिल्लो चार दिनमा काठमाडौंबाट ३८ जना जुवाडे पक्राउ परेका छन् ।


बिहीबार, शुक्रबार र शनिबार काठमाडौंका विभिन्न ठाउँबाट ३ लाख  ६१ हजार रुपैयाँसहित ३८ जना जुवाडे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गएको बिहीबार बौद्धबाट ७७ हजार रुपैयाँसहित तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।


यस्तै शुक्रबार स्यूचाटारबाट २८ हजार रुपैयाँसहित ६ जना र कुलेश्वरबाट ४४ हजार रुपैयाँसहित ८ जना पक्राउ परेका थिए  । शनिबार कलंकीबाट १ लाख ४४ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ परेका थिए भने शनिबार नै गोगंवुको १ होटलबाट ५७ हजार रुपैयाँसहित ५ जना पक्राउ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।


जुवा खेल्नेहरुविरुद्ध खोजी र कारवाही अभियान तिव्र पारिएको पनि काठमाडौं प्रहरीले जनाएको छ ।

जुवाडे पक्राउ काठमाडौं

विशेष