अपराध सुरक्षा मुख्य समाचार

आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

विराटनगर। आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

 

प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो ।  एसपी बिसीका अनुसार पक्राउ परेकाहरुमाथिस अनुसन्धान भइरहेको बताएका छन् ।  शनिबार राति २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो ।


उनको दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।


गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । हाल उनले न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् ।

पक्राउ विराटनगर आचार्य श्रीनिवास

विशेष