सिजी मोवाइल्सकाे सिरिजअन्तर्गत नयाँ प्रस्तुतीः स्मार्टफोन ओमेगा ८
काठमाडौं । सिजी मोबाइल्स प्रा. लिले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन ल्याएको छ ।
यो स्मार्टफोन २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोयड नगेट ७.० अपरेटिंग सिस्टमको रहेको छ भने जसमा ५.५ इन्चका एचडी– आईपीएस डिस्प्ले रहेको छ । यसको डिस्प्ले १८:९ रेसियो फूल भ्यू डिस्प्ले भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
फोटोग्राफीका लागि यसमा रहेको उत्कृष्ट क्यामरामध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको छ भने उत्कृष्ट सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको कम्पनीले जनाएको छ ।
फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज बनाउने कम्पनीको दाबी छ ।
फोनमा रहेको १६ जीबीको आन्तरिक स्टोरेज (रोम)मा प्रयोगकर्ताहरुले आफूले चाहेअनुसारको डाटा स्टोरेज गर्न तथा एप्स डाउनलोड गर्न सुविधा दिन्छ जसलाई माइक्रो एसडी कार्डको सहयोगले १२८ जीबीसम्म थप गर्न सकिन्छ ।
फोनमा ३,००० एमएएचको ब्याट्री ब्याकअप रहेको छ । जीपीएस सपोर्ट गर्ने ओमेगा ८ मा जी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर रहेको छ ।
ओमेगा ८ स्मार्टफोन १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।