समाज प्रदेश १

उदयपुरमा आगलागी हुँदा १ जनाकाे मृत्यु , १२ घर जल्दा ६ करोड क्षति

उदयपुरमा आगलागी हुँदा १ जनाकाे मृत्यु , १२ घर जल्दा ६ करोड क्षति

उदयपुर  । उदयपुरगढी गाउँपालिका–६ नेपालटार बजारमा शनिबार राति आगलागी हुँदा १२ घर जलेका छन् भने एक वृद्धा बेपत्ता भएकी छन्। 

 

बजारमा रहेका १० घर परिवारका १२ घर जल्दा छ करोड रुपैयाँको क्षति भएको प्रहरीको प्राम्भिक अनुमान छ। आगलागीमा परी ७० वर्षीया बाटीमाया तामाङ काे मृत्यु भएकाे हाे । 

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार नेपालटार बस्ने नारायण तामाङका दुई वटा, टंक श्रेष्ठ, भरत कार्की, वीरबहादु तामाङ, तीलकुमारी दाहाल, निर्मला बिक, लवराज कार्की, तिकमान तामाङ, रमेश खतिवडाको घर जलेर पूर्ण क्षति भएको छ। 

 

राति ११ बजे नारायण तामाङको घरमा धामी राख्दा आगो लागेको प्रहरीले अनुमान गरेको छ। आगलागी गाईघाट र कटारी रहेका दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।  
 

आगलागी उदयपुर

विशेष