खेल

लिभरपुलको बराबरी, टोटनह्यामसँग स्टोक पराजित

लिभरपुलको बराबरी, टोटनह्यामसँग स्टोक पराजित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

 

एभर्टनको मैदान गुडिसन पार्कमा दुवै टोलीले गोल गर्ने मौकाको फाईदा उठाउन नसक्दा बराबरी खेल्दै अंक बाडेका हुन् । खेल अवधीभर  बल पोजिसनमा पकड जमाएपनि लिभरपुलले घरेलु टोलीविरुद्ध गोल गर्न सकेनन् । यस्तै घरेलु टोलीले पनि केहि पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

 

यो बराबरीसंगै लिभरपुलले ३३ खेलबाट ६७ अंक जोडेको छ । लिभरपुल लिगको तेस्रो स्थानमा यथावत रहेको छ । ४१ अंक जोडेको एभर्टन लिगको नवौं स्थानमा छ । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेड रहेको छ ।

 

इन्ग्लिश प्रिमियर लिग अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा टोटनह्यामले जित निकालेको छ । टोटनह्यामले रेलिगेसन जोनको स्टोक सिटीलाई उसैको मैदानमा २ – १ ले हराएको हो । टोटनह्यामको लागी क्रिस्टियन एरिक्सनले दुवै गोल गरे ।

 

स्टोकका मामे बिराम डेफोले एक गोल फर्काए । जितसँगै लिगको चौथो स्थानमा रहेको टोटनह्यामले ३२ खेलबाट ६७ अंक जोडेको छ । २७ अंक जोडेको स्टोक पुछारबाट दोस्रो स्थानमा छ ।
 

लिभरपुल टोटनह्याम

विशेष