डीपीएलः वर्षाका कारण अाजकाे खेल ढिलो सुरु हुने
पहिलाे खेलमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्ने

कैलाली । धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडको खेल वर्षाका कारण ढिलो सुरु हुने भएको छ ।
मैदानमा पानी परेर हिलो भएपछि खेल निर्धारित समय भन्दा ढिलो सुरु हुने भएको आयोजकले जनाएको छ । अम्पायरले मैदान निरीक्षण गरेपछि मात्र खेल कतिबेला सुरु हुने भन्ने तय हुनेछ ।
काठमाडौं यसअघि नै प्लेअफमा पुगिसकेको छ भने यो खेल जिते महेन्द्रनगर युनाइटेड पनि प्लेअफमा पुग्नेछ । आइतबार खेल हुन नसके दुवै टिमले एक एक अंक पाउनेछन् ।
अर्को खेलमा आइतबारै दिउँसो १ बजेपछि विराटनगर किंग्स र सीवाईसी अत्तरिया खेल्नेछन् । यो खेलको विजेता प्रतियोगिताको प्लेअफमा पुग्नेछ ।
काठमाडौं गोल्डेन्स डीपीएल महेन्द्रनगर युनाइटेड