मुख्य समाचार

भारतबाट मानार्थ विद्यावारिधि पाउने नेपालीमध्ये अाेली चाैँथाे भीअार्इपी

यसअघि क-कसले पाए मानार्थ विद्यावारिधिकाे उपाधि ?

भारतबाट मानार्थ विद्यावारिधि पाउने नेपालीमध्ये अाेली चाैँथाे भीअार्इपी

नयाँ दिल्ली । भारतीकाे तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तराखण्डको डा.गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरकाे छ ।

 

उत्तराखण्डको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान गरिएको हो ।भारत भ्रमणका बेला नेपालका ठूला पार्टीका नेताले यो उपाधि पाउने झण्डै नियमित भएको छ ।

 

सन् १९९० जुनमा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा आएका बेला दिल्ली विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो ।

 

त्यसपछि सन् १९९१ मा भारत भ्रमणमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बनारस हिन्दु विश्व विद्यालयले सोही उपाधि प्रदान गरेको थियो ।

 

त्यसै उपाधिबाट राष्ट्रपति रामवरणन यादवलाई सन् २०१३ मा बनारस हिन्दु विश्वविद्यालयले सम्मान गरेको थियो । त्यसपछि त्यो उपाधि पाउनेमा प्रधानमन्त्री ओली परेका छन् ।

 

उपाधि पाउनुअघि प्रधानमन्त्री ओलीले डा. गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालय र त्यहाँको ब्रिडर सिड प्रोडक्सन सेन्टरको अवलोकन गरेका थिए ।

 

 यसअघि शनिबार उनलाई भारत सरकारले गार्ड अफ अनर प्रदान गरेको थियो । प्रधानमन्त्री ओली आजै दिल्ली फर्किने र त्यहाँबाट नेपाल आउने कार्यक्रम छ।

भारत भ्रमण अाेली मानार्थ विद्यावारिधि

विशेष