खेल मुख्य समाचार

आईपीएलमा कोहली र स्टोक्ससँगै सन्दिप पनि हेराैं

आईपीएलमा कोहली र स्टोक्ससँगै सन्दिप पनि हेराैं

एजेन्सी। टि-२० क्रिकेटमा विश्व चर्चित लिग ईण्डियन प्रिमियर लिग(आईपीएल) नेपाली माझ चर्चित रहेकै थियो। यो सत्रमा नेपालका स्टार स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेविल्सले आफ्नो टिममा समावेश गरेपछि आईपीएल नेपाली माझ थप चर्चाको बिषय भएको छ। 

 

शनिबारदेखि शुरु भएको प्रतियोगिताको दोस्रो दिन आईतबार दिल्लीले पञ्जाबको सामना गर्दैछ। दिल्लीबाट सन्दिप पहिलो ११ मा पर्छन की पर्दैनन् भन्ने चर्चा नेपाली क्रिकेट प्रेमीहरु बिच चलिरहेको छ। 

 

यसैक्रममा अबुधाबीबाट निस्किने राष्ट्रीय दैनिक 'द नेशनल न्युजपेपर'मा खेल पत्रकार पल र्‍याड्लेले सन्दिपलाई आईपीएल २०१८मा हेर्न पर्ने १० खेलाडीमा समावेश गरेका छन्। 

 

सन्दिपको बारेमा उनले लेखेका छन- 'सन्दिपलाई दिल्लीले आफ्नो टोलीमा समावेश गरिसकेपछि लाखौं परशंसक बटुल्न सफल भएको छ। १७ बर्षिय सन्दिप एक उत्कृष्ट प्रतिभा हुन जस्ले आफ्नो देशबाट खेल्दै आफुलाई स्थापित गरिसकेका छन्।'

 

पलले उक्त १० खेलाडीमा बेन स्टोक्स, बिराट कोहली, विश्व नं १ बलर रशिद खान, कोलिन मुन्रो सँगै सन्दिपलाई पनि हेर्न पर्ने खेलाडीको सुचीमा समावेश गरेका छन्।  

 

बेन स्टोक्स ईङल्याण्डका अलराउण्डर हुन भने कोहली विश्वमा रहेका अहिलेका सबै भन्दा सफल ब्याट्सम्यानका रुपमा चिनिन्छन्। यस्ता हस्तीहरुसँगै सन्दिपको नाम पर्नु पनि आफुमा गर्वको बिषय रहेको छ। 

 

अष्ट्रेलियन मुलका पल एक विश्व चर्चित खेल पत्रकार हुन। उनले यसअघि क्रिकईन्फोमा पनि काम गरिसकेका छन्। 

आईपीएल सन्दीप लामिछाने दिल्ली डेयरडेविल्स

विशेष