बझाङमा मकै र कोदोको बोराभित्र ११ किलो लागु औषध चरेश बरामत
बझाङ । शनिबार बेलुका बझाङबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ३१२७ नम्बरको बसमा चेक चाँज गर्दा ११ किलो लागु औषध चरेश फेला परेको छ ।
चरेशसहित मष्टा गाँउपालिका १ का ५० बर्षिया दल बहादुर रोकाया र बसका चालक, सवारी धनी र सह–चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक ऋषिराम कंडेलले बताए ।
अस्थाई प्रहरी पोष्ट झोताले बस चेक जाँच गर्ने क्रममा बसको पछाडिको डिक्कीभित्र मकै र कोदोको बोराभित्र लुकाई छिपाई चरेश धनगढी तर्फ लैजादै गर्दा फेला पारेको डीएसपी कडेलले बताए ।
बससमेत प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।