समाज प्रदेश ३

व्यवसायी र जनप्रतिनिधीबीच कुटाकुट

व्यवसायी र जनप्रतिनिधीबीच कुटाकुट

काभ्रे । नेपा नगरपालिका ६ का वडाध्यक्ष र व्यवसायीबीच कुटाकुट भएको छ । कुटाकुट हुँदा हार्डवयर पसलमा क्षति पुगेको छ भने एक स्थानीय घाइते भएका छन्। 

 

वडाध्यक्ष सचितानन्द केसी र खानीखोला हार्डवयरका प्रोपाइटार सुधिर श्रेष्ठबीच कुटाकुट भएको हो। सडकमा गाडी रोकेको भन्दै वडाध्यक्ष केसीले आइतबार बिहान साढे ८ बजे हार्डवयरका सञ्चालकलाई गाडी हटाउन भनेका थिए। 

 

उनले नमानेको भन्दै अध्यक्ष केसीले हाडवर्यका सञ्चालकलाई धकेलेपछि सामान्य घटनाले उग्ररुप लिएको थियो। बनेपा नगरपालिकाले फुटपाथमा पार्किङ गर्ने गाडीहरु हटाउने अभियानस्वरूप बरम्बार सूचना जारी गरिरहेको थियो । 

 

व्यवसायीहरुले सूचनालाई अवज्ञा गर्दै फुटपाथका पसल र गाडी पार्किङ हटाउन अटेरी गरिरहेका थिए । याे खबर अाजकाे  नयाँ पत्रिकामा छ ।
 

काभ्रे व्यवसायी जनप्रतिनिधी कुटाकुट

विशेष