Technology अपराध सुरक्षा मुख्य समाचार

इन्जिनियरिङ ल्याबबाट भ्रष्ट खोज्ने अख्तियारको तयारी

इन्जिनियरिङ ल्याबबाट भ्रष्ट खोज्ने अख्तियारको तयारी

काठमाडाैं । अनियमितताबारे इन्जिनियरिङ प्रयोगशालाबाट अध्ययन शुरु गरेको छ । यसअघि अख्तियारसँग पूर्वाधारमा प्रयोग भएको सामग्रीको अध्इयन गर्ने आफ्नो प्रयोगशाला नहुँदा प्रभावकारी अनुसन्धान हुन सकेको थिएन ।

 

हालै भारतबाट खरिद गरिएको इन्जिनियरिङ प्रयोगशालाले पहिलोपटक खोटाङको जयरामघाट हलेसी पक्की सडकको नमूना संकलन गरी अध्ययन गरिरहेको अख्तियार स्रोतले जनाएको छ ।

 

सार्वजनिक पूर्वाधार निर्माणको गुणस्तर कायम होस् र आर्थिक वर्षको अन्त्यमा धमाधम गुणस्तरहीन काम गरेर बजेट खर्च गर्ने प्रवृत्ति रोकियोस् भन्ने उद्देश्यले इन्जिनियरिङ प्रयोगशाला प्रयोगमा ल्याइएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले बताए ।

 

पूर्वाधार निर्माणमा तोकिएको मापदण्डअनुसारको सामग्री प्रयोग भए नभएको नमूना संकलन गरी ल्याबमा राखेर परीक्षण गरी दोषीमाथि कारबाही अघि बढाइनेछ । 

 

कुनै पनि भौतिक संरचना निर्माण गर्दा प्रयोग भएका सामग्री मापदण्डअनुसार छन् कि छैनन् भन्ने थाहा पाउन नमूना संकलन गरी ल्याबमा परीक्षण गरिनेछ ।, यो खबर आजको नागरिक दैनिकमा छ । 

अख्तियार इन्जिनियरिङ ल्याब भ्रष्ट खोज्ने तयारी

विशेष