खेल

आईपीएलः कोलकातासँग बैंग्लोरलाई ४ विकेटले पराजित

आईपीएलः कोलकातासँग बैंग्लोरलाई ४ विकेटले पराजित

 काठमाडाैं ।  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । आइतबार राति इडेन गार्डेन मैदानमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले हराउदै कोलकाताले विजयी सुरुवात गरेको हो ।

 

बैंगलोरले दिएको १७७ रनको लक्ष्य कोलकाताले १८ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । कोलकाताको जितमा सुनील नारिनेले ५० रनको अर्धशतकीय पारी खेले । 

 

यस्तै कप्तान दिनेश कार्तिक अविजित ३५ तथा नितिस रानाले ३४ रन जोडे । बैंगलोरका क्रिस वोक्सले ३ तथा उमेश यादवले २ विकेट लिएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । 

 

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको बैंगलोरले पुरै २० ओभरमा ७ विकेट गुमाएर १७६ रनको योगफल तयार गरेको थियो । बैंगलोरका लागि एबि डी भिलियर्सले ४४ तथा ब्रेनडन म्याकुलमले ४३ रन जोडे । 

 

त्यस्तै मन्दिप सिंहले ३७ रन जोड्दा कप्तान विराट कोहलीले ३१ रन बनाएका थिए । कोलकाताका नितिस राना र विनय कुमारले समान २ – २ विकेट लिए ।

 

यो जितसँगै कोलकाताले लिगमा २ अंक जोडेको छ । र, कोलकाता शीर्ष स्थानमा रहेको छ । पराजित बैंगलोर पाँचौ स्थानमा छ । लिगमा किङस इलाभेन पन्जाब र चेन्नई सुपर किङसले पनि २ – २ अंक जोडेका छन् ।

आईपीएल कोलकाता बैंग्लोर

विशेष