खेल

चेल्सी र युनाइटेडबीचकाे खेल बराबरीमा रोकियो

चेल्सी र युनाइटेडबीचकाे खेल बराबरीमा रोकियो

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साविक विजेता चेल्सीले वेस्टह्याम युनाइटेडसँग एक–एक गोलको बराबरी खेलेको छ । योसँगै शीर्ष चारमा पर्ने चेल्सीको सम्भावना सकिएको छ।  

 

आइतबार राति भएको खेलमा बराबरीमा रोकिएसँगै ३२ खेल सकिँदा चेल्सी चौथो स्थानको टोटनह्याम युनाइटेडभन्दा १० अंकले पछि छ। यो खेलबाट ३ अंक जोड्न सकेको भए चेल्सी प्रतियोगिताको शीर्ष चारमा रहने सम्भावना कायमै रहने थियो। 

 

तर, खेलमा शुरुआती अग्रता लिएपछि त्यसलाई बचाउन नसक्दा चेल्सी बराबरीमा रोकिन बाध्य भयो। खेलको ३६ औं मिनेटमा चेल्सीले अग्रता लिएको भए पनि ७३ औं मिनेटमा वेस्टह्यामले बराबरीको अवस्थामा ल्याएको हो। 

 

यसैगरी अर्को खेलमा आर्सनलले साउथ ह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ। ३२ खेलबाट ८४ अंक जोडेको म्यानचेस्टर सिटी लिग तालिकाको शीर्ष स्थानमा रहेको  छ भने समान खेलबाट ७१ अंक जाेडेकाे म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ।
 

चेल्सी बराबरी युनाइटेड

विशेष