भक्तपुरलाई राजधानी बनाउन प्रस्ताव दर्ता

काठमाडाैं । प्रदेश नम्बर ३ को प्रदेश सचिवालयमा भक्तपुरलाई राजधानी बनाउन सोमबार प्रस्ताव दर्ता भएको छ ।
एमालेका प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले १० आधारसहित भक्तपुरलाई राजधानी बनाउन प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि काभ्रे र नुवाकोटका प्रदेशसभा सदस्यले पनि आफ्नो जिल्लालाई राजधानी बनाउन प्रस्ताव दर्ता गरेका थिए ।