अपराध सुरक्षा मुख्य समाचार

अनुसन्धानकर्ता नै आरोपित

अनुसन्धानकर्ता नै आरोपित

काठमाडौं । आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई ‘ट्र्याप’ मा पार्न प्रायः अपराध अनुसन्धानकर्ता प्रहरीले प्रयोग गर्ने ‘फन्दा’ ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा आफ्नै विरुद्ध प्रयोग हुने खतराले नेपाल प्रहरीभित्र आतंक उत्पन्न भएको छ। 


यो प्रक्रियामा एकथरी प्रहरी अपराध अनुसन्धान र अभियुक्त गिरफ्तारीका निम्ति क्रियाशील छन् भने अर्काथरी त्यही प्रकरणका सहयोगी। तस्करी र हत्याका दुवै थरीमाथि शंकाको आधार भनेको सञ्चार सम्पर्क मात्र हो। अपराध अनुसन्धानकर्ताहरूले तिनलाई ‘फन्दा’ मा पार्न गरेको नाटकीय संवाद अन्ततः आफ्नै विरुद्ध प्रयोग हुने खतरा बढेको छ।

 

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले सुन तस्कर सनम हत्याको अनुसन्धानमा सञ्चारमाध्यमलाई मात्र आधार बनाउँदा र त्यसमा कसको सम्पर्कको आधार के थियो भन्ने नछुट्याउँदा प्रहरी महानिरीक्षकसम्मले बयानका लागि धाउनुपर्ने अवस्था आएको छ।


त्यतिमात्र होइन, आफ्नै संगठनभित्र तस्करीका मतियार रहेका भनिएका र त्यसविरुद्ध रहेका दुवैथरी एकबाट अर्कोको नाम पोलेर दुःख दिने अवस्थामा पुगेका छन्। चैत ३० गते मन्त्रिपरिषद् बैठकले संगठित अपराध निवारण ऐन, २०७० को दफा १२ अनुसार सहसचिव ईश्वर पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेको हो। 

 

समितिमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामा, प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं छन्। समितिले पूर्वी नेपालका झापा, मोरङ र काठमाडौंको विमानस्थलदेखि छानबिन गरिरहेको छ।, यो खबर आजको नागरिक दैनिकमा छ । 
 

३३ किलो सुन प्रकरण प्रहरीभित्र आतंक

विशेष