खेल

माइभ्याली गोल्डकपकाे उपाधि थ्रीस्टारलार्इ

माइभ्याली गोल्डकपकाे उपाधि थ्रीस्टारलार्इ

इलाम । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबल ललितपुरले जितेको छ । सोमवार भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जीत निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो । 

 

निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा थ्रीस्टारका सुनिल बलले गोल गरी टोलीलाई उपाधि दिलाए ।  

 

जीतसँगै थ्रीस्टारले रु ६ लाख ६६ हजार ६ सय ६६ र ट्रफी पायो । मनाङले भने रु ४ लाखमा चित्त बुझाउनुप¥यो ।  प्रतियोगिताका उत्कृष्ट खेलाडी उपविजेता मनाङका विराज महर्जन घोषित भए । 

 

उनले १५० सिसीको यामाहाको स्कूटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माइभ्यालीका मनिष थापा, नेपाल पुलिसका रेजिन सुब्बा तथा एपिएफ क्लबका युवराज खड्का र नवीन लामा घोषित भए ।

 

खेल अवधिभर दुई दुई गोल गरेका उनीहरुले जनही रु सात हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता थ्रीस्टार क्लबका एलन न्यौपाने घोषित भए । उनले रु १५ हजार प्राप्त गरे ।

 

उत्कृष्ट डिफेन्डर विजेता थ्रीस्टारका पिटर, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल, उत्कृष्ट फरवार्ड थ्रीस्टारकै विदेशी मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए । 

 

उनीहरुले जनही रु १५ हजार प्राप्त गरे । त्यसैगरी उदीयमान खेलाडी आयोजक माइभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले रु २० हजार प्राप्त गरे । यही वैशाख ६ गतेदेखि शुरु भएको प्रतियोगितामा तीन विदेशीसहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टोलीको सहभागिता थियो ।

माइभ्याली गोल्डकप थ्रीस्टार विजयी

विशेष