खेल

लिग ला लिगा विजेता बार्सिलोनालाई गृहनगरमा सम्मान

लिग ला लिगा विजेता बार्सिलोनालाई गृहनगरमा सम्मान

काठमाडाैं । स्पेननिस लिग ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाका खेलाडीलाई गृह नगरमा सम्मान गरिएको छ ।

 

२५ आैँ पटक ला लिगाको च्याम्पियन बनेको बार्सिलोनालाई गृहनगरमा हजारौँ समर्थकले स्वागत र सम्मान गरेका हुन् । बार्सिलोनाका खेलाडीलाई विशेष बसमा राखेर नगर परिक्रममा गराइएको थियो । 

 

क्याटलान शहरमा गरिएको नगर परिक्रममा सडकको वारीपारी उभिएका हजारौँ दशर्ककले खेलाडीको स्वागत गरेका थिए । आइतबार डिपोर्टिभो लाकोरुनालाई हराउँदै बािर्सलोना ला लिगाको च्याम्पियन बनेको थियो । खेलमा लियोनल मेस्सीले ह्याट्रिक गरेका थिए । 

बार्सिलोना लिग ला लिगा विजेता गृहनगरमा सम्मान

विशेष