अर्थ मुख्य समाचार

पूर्वराष्ट्रपतिका लागि गृह मन्त्रालयले खरिद गर्‍याे करिब ३५ लाखको गाडी

पूर्वराष्ट्रपतिका लागि गृह मन्त्रालयले खरिद गर्‍याे करिब ३५ लाखको गाडी

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवको लागि गृह मन्त्रालयले नयाँ गाडी खरिद गरेको छ । सर्वाेच्च अदालतले पूर्व बिशिष्ट पदाधिकारीहरुलाई कानुन बनाएर मात्र सुविधा दिन निर्देशन दिए पनि त्यस विपरित सरकारले पूर्वराष्ट्रपति यादवलाई गाडी दिन लागेको हो। 

 

गृहले ३४ लाख ९५ हजारमा डबल क्याब पिकअप गाडी खरिद गरेको हो । गत मंसिर २५ गतेको मंन्त्रिपरिषद्को बैठकले पूर्वराष्ट्रपति यादवलाई गाडी, चालक तथा पत्रपत्रिकाको खर्च लगायत सुविधा थप गर्ने निर्णय गरेको थियो।

 

सोहीअनुसार गाडी खरिद गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए। सरकारले नै पूर्वराष्ट्रपति यादव बस्दै आएको घरको भाडा तिर्दै आएको छ। घरको भाडा मन्त्रालयमार्फत नै तिर्न थालिएको छ।

पूर्वराष्ट्रपति डा.रामवरण

विशेष