अर्थ मुख्य समाचार

“उर्जा र सिचाई” आर्थिक समृद्दी र बिकासको मेरुदण्डः उर्जामन्त्री पुन

“उर्जा र सिचाई” आर्थिक समृद्दी र बिकासको मेरुदण्डः उर्जामन्त्री पुन


काठमाडौँ । उर्जा मन्त्री  बर्षमान पुनले नेपालको आर्थिक समृद्दीको लागि उर्जा र सिचाई नै मुख्य इन्जिन र मेरुदण्ड हुने कुरा बताएका छन् ।  नेपाल च्याम्बर अफ कमर्शले विहिबार काठमाडाैंमा आयोजना गरेको “उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु” बिषयक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

 

मन्त्री पुनले भने, “यतिबेलाको जस्तो स्थायित्व र अधिकार जनताबाट यस अघि प्राप्त भएको थिएन । उर्जा र सिचाईको बिकासमा यो सयमलाई सुनौलो युगमा परिवर्तन गर्न सकिन्छ ।” 


बिगतका उर्जामन्त्रीहरुले भने जस्तो “बिपक्षीले काम गर्न दिइएन” भन्ने छुट वर्तमान उर्जामन्त्रीलाई नभएको भन्दै उनले उर्जा क्षेत्रमा आत्मनिर्भरता हाँशिल गर्ने अभियानमा नीजि क्षेत्रलाई साथ् दिन समेत अपिल गरे ।

 

  उनले देश उर्जामा मात्रै आत्मनिर्भर भए पनि करिब १ खर्ब ब्यापार घाटा कम हुने र त्यसको सकारात्मक प्रभाव सबै क्षेत्रमा पर्दै राष्ट्रको ९.२५ प्रतिशतको आर्थिक बृद्दि हाँशिल गर्ने सकिने कुरा समेत उल्लेख गरे ।

 

कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष श्री राजेशकाजी श्रेष्ठले मंगलबार मात्रै सार्बजनिक गरिएको उर्जा स्वेतपत्रमा उल्लेख गरिएका कुराहरु पुरा गर्न निश्चित समय सिमा तोकेर कडाइका साथ् अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।

 

बंगलादेश- भारत नेपाल नामक फोरमको अत्यधिक सदुपयोग गरि नेपालको उर्जा विकास र निर्यातमा देशले फड्को मार्न सकिने कुरा श्रेष्ठले राखे  । भारत र नेपालको उर्जा आवश्वयकता र संकटलाई ध्यानमा राखेर उर्जा बैंकको स्थापना गर्न समेत उनले सुझाव पेश गरे ।


कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका ६० जना जति पदाधिकारी र कार्य समितिका सदस्यहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उर्जामन्त्री पुन

विशेष