स्वास्थ्य

धूमपान छाड्न चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् मह र जौको चिउरा

धूमपान छाड्न चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् मह र जौको चिउरा


धूमपान स्वास्थ्यका लागि हानिकारक भन्ने जान्दा जान्दै पनि मानिसहरू यसको लतमा परेका छन् । धूमपानले तत्काल धेरै असर नपारेपनि दीर्घकालिन रुपमा ठुलो असर पार्छ । मानिसको स्वास्थ्य नै जीवनको ठूलो सम्पती हो । त्यसैले धूमपान सेवन गर्नेहरू पनि यसबाट छुटकरा पाउन चाहन्छन् । बानी परेको लत छुटाउनु निकै मुस्किलको कुरा हो । तरपनि यस लतबाट उपायहरूपनि छन् । यस्तो आदतलाई छाड्नको लागि केही टिप्सहहरू छन्, पढ्नुहोस् :

 

 


जौको चिउरा
जौले शरीरमा हुने घातक विषाक्त पदार्थ बाहिर निकालेर धूमपानको चाहना कम गर्न मद्दत गर्छ । धूमपान छोडेपछि हुने असहज परिस्थितिलाई कन्ट्रोल गर्न पनि यसले भूमिका खेल्छ ।

 


पानी
शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पानी निकै नै महत्वपूर्ण हुन्छ । खाना खानुभन्दा १५ मिनेट अघि एक गिलास पानी पिउँदा शरीरमा एसिडको मात्रा नियन्त्रित हुन्छ । यसले धूमपानको चाहना कम गर्दछ । थोरै थोरै गर्दै दिनभरी नै पानी पिउनु आवश्यक हुन्छ ।

 


अंगुरको बियाँ
अंगुरको बियाँको रस बनाएर सेवन गर्दा शरीमा एसिडिटीको मात्रा कम गर्छ । यसले धूमपानका कारण शरीरमा पुगेको क्षतिपूर्ति गर्ने काम गर्दछ ।

 


मह

महमा भिटामिन, एन्जाईम र प्रोटिन हुन्छ । नियमित मह सेवन गर्दा सजिलैसँग धूमपानको आदतबाट छुटकारा पाउन मद्दत मिल्छ । दिनहुँ शुद्ध मह सेवन गर्दा सकारात्मक नजिता प्राप्त हुन्छ ।

 


मुला

मुला खानाले ‘चेन स्मोकर्स’ले समेत लतबाट छुटकारा पाउन सक्छन् । अझ महसँग मिलाएर खाएमा छिट्टै राम्रो नतिजा प्राप्त हुन्छ ।

 

रातो खुर्सानी


रातो खुर्सानीले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउने काम गर्छ । यसले धूमपानको चाहनालाई पनि कम गरिदिन्छ । पिसेको रातो खुर्सानी तरकारीमा मिसाएर खाएमा तुरुन्त चुरोटको लत कम गर्छ । यसको प्रभाव लामो समयसम्म पर्छ ।

धूमपान

विशेष