खेल मुख्य समाचार

फुटबलको दिगो विकासका लागि मेरो उम्‍मेदवारी- कुँवर

फुटबलको दिगो विकासका लागि मेरो उम्‍मेदवारी- कुँवर

काठमाडौँ । अखिल नेपाल फुटवल संघका अध्‍यक्ष पदका उम्‍मेदवार मणि कुँवरले फुटवलको दिगो विकास, विवाद र द्वन्द्वबाट टाढा रहन अध्‍यक्ष पदमा उम्‍मेदवारी दिएको बताएका छन्।

 

मंगलबार अखिल नेपाल फुटबल संघको निर्वाचन सन्दर्भमा आयोजित पत्रकार सम्‍मेलन उनले भने, ‘२०५१ सालदेखि नेपालको ए डिभिजनको क्लबमा काम गर्दै एन्फाको कार्यकारी पदसम्‍म नीति र विधानसम्‍मत ढंगबाट काम गर्दै आएको छु। फुटवलको दीगो विकासको लागि काम गर्नको लागि उम्‍मेदवारी दिएको छु।’

 

कार्यक्रममा उनले फुटबललाई जोगाउन सर्वप्रथम संघलाई जोगाउनु आवश्‍यक रहेको भन्‍दै आगामी वैशाख २२ गते हुने चुनावमा फेरि षडयन्त्रमा लागेको बताए। उनले भने, ‘फुटवललाई सधै जोगाउन संघलाई बचाउनु आवश्‍यकछ। तर यहाँ त विधि र विधानका राग अलाप्‍नेहरु नै निवार्चनमा नाटक र षडयन्त्र गरिरहेका छन्। यसप्रति सबैको ध्‍यान जानु जरुरी छ।’

 

विधि र विधानको उल्लंघन गरेर एन्फाको चुनाव जितेर कुर्सीमा पुगे पनि फुटवलको क्षेत्रमा काम गर्न नसकिने वातावरण सृजना हुने डर रहेको उनको भनाई थियो।

 

उनले फुटवलको क्षेत्रमा यस्तो उल्लंघन धेरै भएको भएको उदाहरण दिँदै भने,’ नेपालको खेलकुदमा आफैले भाग लिएको निर्वाचनमा समेत हारेपछि मुद्दा हालेर वर्षौसम्‍म विवाद निम्‍याएका धेरै उदाहरणहरु छन्। यसमा महासंघकै प्रतिस्पर्धी साथीहरु महारथि बनेका छन्। त्‍यसकारण अब यस्तो हुन दिनु हुन्‍न पक्षमा हामी छौ।’

 

उनले निर्वाचन कमिटीलाई जिउधनको धम्की दिएर बाध्‍यात्मक रुपमा चुनावको मिति घोषणा गराउने काम भएको आरोप लगाए। उनले भने, ‘ मध्‍यराति कोठामा थुनेर निर्वाचन कमिटीलाई चुनावको मिति घोषणा गर्न लगाइएको छ। यो कुरा पनि आज सार्वजनिक गर्न चाहन्छु।’

अखिल नेपाल फुटवल संघ मणि कुँवर

विशेष