अयाेध्याबाट जनकपुर अाेर्लिएका माेदीकाे टाेलीलार्इ 'भगवान रामकाे जन्ती'सँग तुलना गरिदिए
जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे स्वागतका लागि जनकपुर पुगेका प्रधानमन्त्री केपी अाेलीले नेपाल र भारतकाे सम्बन्ध निकै पुरानाे र बलियाे रहेकाे बताएका छन् । जनकपुर र अयाेध्याकाे पाैराणिक सम्बन्ध स्मरण गराउँदै अाेलीले अहिलेकाे माेदी भ्रमणलार्इ तुलना गरे ।
अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन रहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे भ्रमणले पूरानाे परम्पराको सिलसिलालाई माथि उठाउने अाेलीले बताए ।
अाेलीले नेपाल सरकार, प्रदेश सरकार, जनकपुर नगरकाे तर्फबाट मोदीलाई स्वागत गरेका हुन् । नेपाल र भारतबीच आउने जाने क्रम पुरानो चलन भएको उनले बताए । 'त्यो परम्परालाई हामीले अहिले पनि कायम राखेका छौं, ओलीले भने ।
भारतीय प्रधानमन्त्री मोदीजी त्यही परम्परालाई माथि उठाउन र महत्त्व दिन यस पवित्र भूमिमा आएको ओलीले बताए। 'यसले हामी दुई देशबीचको परम्परागत मैत्री सम्बन्ध, सांस्कृतिक सम्बन्ध, धार्मिक र आर्थिक सम्बन्ध रअनेक सामाजिक सम्बन्धलाई प्रतिबिम्बित गर्छ', ओलीले भने ।